काठमाडौँ : नेपाली बजारमा आज आइतबार सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज प्रतितोला २ हजार १ सय रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ भने हिजो शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज आइतबार चाँदी प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँ कायम भएको छ भने हिजो शुक्रबार सुन प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो।