२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भदौ महिनामा वीरगन्ज भन्सारद्धारा साढे २३ अर्ब राजस्व संकलन

images

  • २०८३ असोज ४, आइतबार
  • 491
    SHARES
  • भदौ महिनामा वीरगन्ज भन्सारद्धारा साढे २३ अर्ब राजस्व संकलन

    वीरगन्ज : देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा उच्च राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार पछिल्लो एक महिनाको अवधिमा २३ अर्ब ४६ करोड १५ लाख रुपैयाँ राजस्व दाखिला भएको छ।

    यो संकलन विभागले भदौ महिनाका लागि निर्धारण गरेको कुल लक्ष्यको ९९.७५ प्रतिशत हो। भदौ मसान्तसम्मको यो प्रगतिसँगै चालु आर्थिक वर्षका लागि लिइएको वार्षिक कुल राजस्व लक्ष्यको १४.५२ प्रतिशत हिस्सा पूरा भएको भन्सार प्रवक्ता पूर्णप्रसाद लम्सालले जानकारी दिएका छन्।

    भन्सार कार्यालयका अनुसार यस अवधिमा राजस्व योगदान र आयात परिमाणका आधारमा बिस्कुट, दाल तथा दलहन, विभिन्न किसिमका लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न मुख्य रूपमा भित्रिएका वस्तुहरू हुन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ