२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रसुवा बाढी : माथिल्लो त्रिशूली–१ को टनेलबाट ३७ शव फेला, खोजी कार्य अझै जारी

images

  • २०८३ असोज ५, सोमबार
  • 416
    SHARES
  • रसुवा बाढी : माथिल्लो त्रिशूली–१ को टनेलबाट ३७ शव फेला, खोजी कार्य अझै जारी

    रसुवा : माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट हालसम्म ३७ जनाको शव निकालिएको छ। उद्धार टोलीले आइतबार आयोजनाको अडिट ३ अन्तर्गत अपस्ट्रिम हेड रेस टनेलभित्रबाट थप १३ वटा शव फेला पारेको हो।

    नेपाली सेना र आयोजनाको संयुक्त उद्धार टोलीका अनुसार सुरुङभित्र कंक्रिटिङका लागि बनाइएको फलामको जाल (रेबर) मा अल्झिएका र हिलोले पुरिएका अवस्थामा शवहरू भेटिएका हुन्।

    सुरुङबाट निकालिएका सबै शवलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत एयर लिफ्ट गरी नुवाकोटको विदुर नगरपालिका-६ स्थित खम्बा स्वास्थ्य परिसर पुर्‍याएर राखिएको छ।

    अझै पनि सुरुङ र आसपासका क्षेत्रमा धेरै मानिस बेपत्ता रहेकाले उद्धार कार्यलाई तीव्र पारिएको छ। घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको सर्च डग टोली परिचालन गरी ग्राउन्ड सर्च भइरहेको छ भने सुरुङभित्र दुवै तर्फबाट साना एक्स्काभेटर (मिनी एक्स्काभेटर) प्रयोग गरेर थुप्रिएको हिलो हटाउँदै खोजी जारी राखिएको कम्पनीले जनाएको छ।

    गत भदौ १० गते आएको भीषण बाढीका कारण आयोजना स्थलमा कार्यरत र आसपासका गरी कुल ४५८ जना सम्पर्कविहीन भएका थिए। बेपत्ता अन्य व्यक्तिहरूको खोजीका लागि सेना र स्थानीय उद्धार टोली निरन्तर खटिएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ