२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

शाइन रेसुंगा डेभलपमेन्ट बैंकद्धारा वार्षिक साधारणसभा आह्वान 

images

  • २०८३ असोज ५, सोमबार
  • 196
    SHARES
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकद्धारा वार्षिक साधारणसभा आह्वान 

    काठमाडौँ : शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकको निर्णयअनुसार सभा असोज २८ गते रुपन्देहीको बुटवलस्थित 'होटल सेफ्रन सीके' मा बिहान ११:३० बजेदेखि सुरु हुनेछ।

    साधारणसभाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बैंकले प्रस्ताव गरेको लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर र १० प्रतिशत (करसहित) नगद लाभांश रहेको छ।

    साधारणसभाका मुख्य एजेन्डाहरु:

    • लाभांश अनुमोदन : ६% बोनस शेयर र १०% नगद लाभांश पारित गर्ने।

    • वित्तीय प्रतिवेदन स्वीकृत : गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्ने।

    • लेखापरीक्षक नियुक्ति : चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने।

    • विशेष प्रस्ताव : प्रबन्धपत्र र नियमावली संशोधनका क्रममा नियमनकारी निकायबाट प्राप्त हुने सुझाव वा निर्देशन बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा सञ्चालकहरुको बैठक भत्ता र अन्य सुविधा हेरफेर वा वृद्धि गर्ने।

    बुक क्लोज सम्बन्धी जानकारी :

    बुक क्लोज मिति : असोज १३ गते। 

    असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ