२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रसुवा बाढीपीडितका लागि राहत सङ्कलन तीव्र, कोषमा पौने १५ अर्ब जम्मा

images

  • २०८३ असोज ५, सोमबार
  • 176
    SHARES
  • रसुवा बाढीपीडितका लागि राहत सङ्कलन तीव्र, कोषमा पौने १५ अर्ब जम्मा

    काठमाडौँ : रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई पुनस्थापना र राहत दिनका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। विपद् व्यवस्थापन र पीडितको सहयोगार्थ सरकारले स्थापना गरेको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ तथा राहत कोषमा सहयोग रकम थपिने क्रम बढेको हो।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल उक्त उद्धार कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८ सय ७१ रुपैयाँ मौज्दात रहेको छ। बाढीपहिरोबाट प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्यका लागि सरकारले यसअघि नै कोषबाट रु एक अर्ब निकास गरी पठाइसकेको छ।

    विभिन्न नौ वटा स्वदेशी वाणिज्य बैंकहरूमा रहेका कोषका खातामा कुल ११ अर्ब १४ करोड २० लाख ५० हजार ९ सय ४७ रुपैयाँ जम्मा भएको छ। यस्तै, विदेशी सहयोगी तथा नियोगहरूबाट प्राप्त रकम व्यवस्थापनका लागि हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा खोलिएका डलर खाताहरूमा २ करोड ४४ लाख ७४ हजार १ सय २१ अमेरिकी डलर सङ्कलन भइसकेको छ।

    बाढीपीडितका लागि देश तथा विदेशमा रहेका व्यक्ति, सङ्घसंस्था र व्यावसायिक गृहहरूबाट स्वेच्छिक रूपमा सहयोग आउने क्रम निरन्तर चलिरहेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ