२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

धितोपत्र कारोबार स्थगनबारे नेप्सेसँग एक साताभित्र प्रतिवेदन माग

images

  • २०८३ असोज ५, सोमबार
  • 206
    SHARES
  • धितोपत्र कारोबार स्थगनबारे नेप्सेसँग एक साताभित्र प्रतिवेदन माग

    काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को डाटा सेन्टरमा एक्कासी प्राविधिक समस्या आएपछि असोज ५ गते सोमबार हुने सम्पूर्ण धितोपत्र कारोबार स्थगित भएको छ। ७२ वटा ब्रोकर कम्पनीका सर्भर राखिएको मुख्य डाटा सेन्टरमै प्राविधिक अवरोध देखिएपछि सेयर बजारको नियमित कारोबार प्रभावित हुन पुगेको हो।

    कारोबार रोकिएपछि सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यस घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बजार प्रणालीमा आएको यस्तो गम्भीर समस्यालाई लिएर बोर्डले नेप्सेलाई तत्काल छानबिन गर्न निर्देशन दिएको छ।

    बोर्डका प्रवक्ता निरञ्जय घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार :

    नेप्सेलाई घटनाको विस्तृत अध्ययन तथा प्राविधिक जाँचबुझ गरी भविष्यमा यस्ता समस्या दोहोरिन नदिन अपनाउनुपर्ने सुधारका उपायसहित असोज १२ गतेभित्र प्रतिवेदन बुझाउन भनिएको छ। कारोबार अवरुद्ध हुनुको वास्तविक कारण पहिल्याउन बोर्डका उप-कार्यकारी निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय छानबिन तथा निरीक्षण टोली गठन गरी खटाइएको छ।

    sebon notice to nepse.jpg
    Sebon
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ