२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भदौमा आइएमई लाइफद्वारा ३ करोड २४ लाख रुपैयाँको बीमा दाबी भुक्तानी

images

  • २०८३ असोज ५, सोमबार
  • 301
    SHARES
  • भदौमा आइएमई लाइफद्वारा ३ करोड २४ लाख रुपैयाँको बीमा दाबी भुक्तानी

    काठमाडौँ : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको भदौ महिनामा ३ करोड २४ लाख रुपैयाँभन्दा बढीको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले सो अवधिमा प्राप्त कुल १ सय ११ वटा दाबीको सफल फछ्र्यौट गर्दै उक्त रकम भुक्तानी गरेको हो।

    भदौमा भुक्तानी भएको कुल दाबीमध्ये सबैभन्दा ठूलो हिस्सा म्यादी बीमाको रहेको छ। कम्पनीका अनुसार म्यादी बीमातर्फका १०१ वटा दाबीबापत १ करोड ८९ लाख २९ हजार ५ सय ८१ रुपैयाँ भुक्तानी गरिएको छ। यसैगरी, परम्परागत बीमातर्फ ७ वटा दाबीको १ करोड १३ लाख ४० हजार ५ सय ४४ रुपैयाँ र वैदेशिक रोजगार बीमातर्फ ४ वटा दाबीबापत २१ लाख ५० हजार रुपैयाँ बराबरको भुक्तानी गरिएको कम्पनीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ