काठमाडौँ : सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/०८४ को भदौ महिनासम्ममा कुल २५ करोड १२ लाख ३० हजार रुपैयाँ दाबी भुक्तानी गरेको जानकारी दिएको छ। कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार भदौ महिनामा मात्रै १४ करोड ८२ लाख ६५ हजार रुपैयाँ बराबरको दाबी रकम बीमित तथा हितग्राहीहरूलाई भुक्तानी गरिएको छ।
यसैगरी, बीमितहरूलाई सहज र छिटो छरितो रूपमा सेवा प्रवाह गर्ने उद्देश्य अनुरुप दाबी भुक्तानी कार्यलाई तीव्रता दिइएको कम्पनीले जनाएको छ। ग्राहकको विश्वास अभिवृद्धि गर्न र बीमा क्षेत्र प्रतिको दायित्व पूरा गर्न कम्पनी सधैँ प्रतिबद्ध रहेको जनाएको छ।
सूचना विभाग दर्ता नं : ४०६१/७९/८०
तारकेश्वर, काठमाडौँ
सम्पर्क : 01-5912805/4975805
समाचार इमेल : satkarkhabar@gmail.com
इमेल : mkt.satkarkhabar@gmail.com