२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एभरेष्ट बैंकको १३४औँ शाखा धनगढीको क्याम्पस चोकमा

images

  • २०८३ असोज ५, सोमबार
  • 286
    SHARES
  • एभरेष्ट बैंकको १३४औँ शाखा धनगढीको क्याम्पस चोकमा

    काठमाडौँ : बैंकिङ सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउने उद्देश्यका साथ एभरेष्ट बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको कैलालीस्थित धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा आफ्नो १३४औँ शाखा सञ्चालनमा ल्याएको छ। असोज ५ गते आयोजित एक विशेष कार्यक्रमका बिच बैंकले नयाँ शाखासहित सुदूरपश्चिम प्रदेशका लागि निर्मित आफ्नै नयाँ भवनको समेत औपचारिक उद्घाटन गरेको हो।

    यसै भवनबाट बैंकले आफ्नो सुदूरपश्चिम प्रादेशिक कार्यालय स्थानान्तरण गरी सम्पूर्ण प्रशासनिक तथा व्यावसायिक सेवाहरू एकीकृत रूपमा प्रदान गर्ने जनाएको छ। नयाँ शाखा विस्तारसँगै सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकका शाखाको संख्या १५ पुगेको छ। उक्त नयाँ भवन तथा शाखाको उद्घाटन धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र एभरेष्ट बैंक सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यले संयुक्त रूपमा गर्नुभयो।

    कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) सुदेश खालिङ, सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञ राज तिमिल्सिनाका साथै स्थानीय उद्योगी, व्यवसायी, सर्वसाधारण र बैंकका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो।

    धनगढीको प्रमुख व्यापारिक केन्द्र क्याम्पस चोकमा आफ्नै सुविधासम्पन्न भवनबाट आधुनिक बैंकिङ सेवा सञ्चालनमा आएसँगै यस क्षेत्रको स्थानीय अर्थतन्त्र, व्यापार-व्यवसाय तथा समग्र आर्थिक विकासमा ठूलो सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ