२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा सामान्य सुधार : कारोबार रकम ७ अर्ब नाघ्यो

images

  • २०८३ असोज ६, मंगलबार
  • 241
    SHARES
  • नेप्सेमा सामान्य सुधार : कारोबार रकम ७ अर्ब नाघ्यो

    काठमाडौँ : डाटा सेन्टरमा आएको प्राविधिक समस्याका कारण अघिल्लो दिन स्थगित भएको शेयर बजार साताको पहिलो दिन सुधारसहित बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.०६ अंकले बढेर २,६५४.२८ विन्दुमा कायम भएको छ।

    कारोबारमा आएकामध्ये १३८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३० कम्पनीको मूल्य घटेको छ र ११ कम्पनीको शेयर मूल्य भने स्थिर भएको छ।  गत शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज कुल ३५६ कम्पनीका २ करोड १५ लाख कित्ता शेयर ७ अर्ब ५ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।

    आज मिड सोलु हाइड्रोपावरका शेयरधनीले सर्वाधिक १५ प्रतिशत नाफा कमाएका छन् भने स्नो रिभर लिमिटेडको शेयर मूल्य भने ८ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। बजारलाई मुख्य गरी 'अन्य' उपसूचकले सघाएको छ, जसमा १.३६ प्रतिशतको वृद्धि देखिएको छ। यसबाहेक बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बिमा र माइक्रोफाइनान्स समूहमा पनि सामान्य हरियाली छाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ