२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

लाभांश पारित गर्न कुमारी बैंकले बोलायो वार्षिक साधारण सभा

images

  • २०८३ असोज ७, बुधबार
  • 311
    SHARES
  • लाभांश पारित गर्न कुमारी बैंकले बोलायो वार्षिक साधारण सभा

    काठमाडौं : कुमारी बैंक लिमिटेडले आगामी असोज २८ गतेका लागि आफ्नो वार्षिक साधारण सभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो।

    सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २.१०५३ प्रतिशत नगद लाभांश (करसहित) स्वीकृत गर्नेछ। बैंकको हालको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३ सय ४० रुपैयाँ रहेको छ। तत्कालीन एनसीसी बैंकसँगको मर्जरपछि विगत तीन वर्षसम्म लाभांश बाँड्न नसकेको कुमारी बैंकले चौथो वर्षमा आएर शेयरधनीहरूलाई लाभांश दिन लागेको हो।

    यसका साथै, सभामा सञ्चालक समितिको आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्नेलगायतका नियमित एजेन्डाहरू पनि पेस गरिनेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ