काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरणको लागि बुकक्लोज गरेसँगै सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन भएको हो।
नेप्सेका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकको ४ प्रतिशत र स्नो रिभर्सको १० प्रतिशत बोनस शेयर समायोजन गरिएको छ। आज दोस्रो बजार खुल्दा यस दुवै कम्पनीको कारोबार नेप्सेले तय गरेको यही नयाँ समायोजित मूल्यलाई आधार मानेर सुरु हुनेछ।
सांग्रिला डेभलपमेन्ट बैंक : अघिल्लो कारोबार दिन प्रतिकित्ता ४ सय २८ रुपैयाँमा अन्तिम कारोबार भएको यस बैंकको शेयरमूल्य समायोजन पछि ४ सय ११ रुपैयाँ ५४ पैसा कायम भएको छ।
स्नो रिभर्स : अघिल्लो दिन प्रतिकित्ता ९ सय ४५ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयरमूल्य समायोजन पछि ८ सय ५९ रुपैयाँ ९ पैसा निर्धारण गरिएको छ।