काठमाडौँ : विकास हाइड्रोपावर कम्पनीले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सञ्चालक समितिको हालै बसेको बैठकको निर्णयअनुसार सभा यही असोज २९ गते मंगलबार काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्ट दरबारमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरूका लागि प्रस्तावित कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्ने मुख्य एजेण्डा बनाएको छ। कम्पनीको हाल कायम चुक्तापुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँ रहेको छ। यस अनुसार :
-
बोनस शेयर : १० प्रतिशत (९ करोड ९ लाख १० हजार १ सय ३० रुपैयाँ )
-
नगद लाभांश (कर प्रयोजनार्थ ): ०.५२६३ प्रतिशत (रु. ४७ लाख ८४ हजार ६ सय रुपैयाँ १४ पैसा )
सभाका अन्य मुख्य प्रस्तावहरू :
-
बोनस शेयर वितरणपछि कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिनेछ। साथै नियमावली र प्रबन्धपत्रमा कुनै फेरबदल गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सोहीअनुसार काम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ।
-
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गरिनेछ। चालु आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत सभाले अनुमोदन गर्नेछ।



