२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तनहुँमा ११ हजार एक सय ३४ उद्योग दर्ता, नयाँ थपिँदा खारेज हुने पनि बढे

images

  • २०८३ असोज ८, बिहीबार
  • 201
    SHARES
  • तनहुँमा ११ हजार एक सय ३४ उद्योग दर्ता, नयाँ थपिँदा खारेज हुने पनि बढे

    काठमाडौँ : तनहुँमा हालसम्म ११ हजार १ सय ३४ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म जिल्लामा रहेका उद्योगमध्ये गत आर्थिक वर्षमा मात्रै ३ सय ४३ नयाँ उद्योग थपिएका छन् ।

    एकीकृत सेवा कार्यालयका सहायक प्रशासकीय अधिकृत सूर्यबहादुर थापाका अनुसार जिल्लामा रहेका उद्योगमध्ये सबैभन्दा बढी घरेलु उद्योग छन् । उनका अनुसार, हाल तनहुँमा सात हजार ३ सय २९ घरेलु, ३ हजार ६ सय ५० साना, १ सय ४९ लघु र एउटा मझौला उद्योग सञ्चालनमा छन् ।

    नयाँ उद्योग थपिने क्रमसँगै सञ्चालनमा रहेका उद्योग तथा व्यवसाय खारेज हुने क्रम पनि देखिएको छ । थापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै उद्योगतर्फ २ सय ५० र वाणिज्यतर्फ २ सय ३४ गरी ४ सय ८४ फर्म तथा उद्योग खारेजीमा परेका छन् ।

    कार्यालयको तथ्यांकअनुसार, नयाँ उद्योग दर्ता र पुराना उद्योग खारेजी दुवै प्रक्रिया जिल्लाको औद्योगिक तथा व्यावसायिक गतिविधिको नियमित हिस्सा बनेका छन् । एकातर्फ नयाँ उद्यमी थपिँदै जाँदा अर्कोतर्फ विभिन्न कारणले उद्योग तथा व्यवसाय बन्द गर्ने क्रम देखिएको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ