२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सानिमा मिडिल तमोर हाइड्रोपावरद्वारा लाभांश घोषणा, साधारणसभा पनि आह्वान

images

  • २०८३ असोज ८, बिहीबार
  • 256
    SHARES
  • सानिमा मिडिल तमोर हाइड्रोपावरद्वारा लाभांश घोषणा, साधारणसभा पनि आह्वान

    काठमाडौँ : सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

    कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ५.२६३ प्रतिशत (करसहित) नगद लाभांश दिने निर्णय गरेको हो। उक्त प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले असोज ३० गते आफ्नो ११ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

    साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १९ गते 'बुक क्लोज' गर्ने जनाएको छ। यस अनुसार असोज १८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ