२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बैंकिङ प्रणालीबाट फेरि २० अर्ब खिच्दै राष्ट्र बैंक

images

  • २०८३ असोज ८, बिहीबार
  • 191
    SHARES
  • बैंकिङ प्रणालीबाट फेरि २० अर्ब खिच्दै राष्ट्र बैंक

    काठमाडौँ : बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिने क्रम जारी रहेपछि नेपाल राष्ट्र बैंकले बजारबाट लगातार पैसा प्रशोचन (खिच्ने) गरिरहेको छ। यसै क्रममा केन्द्रीय बैंकले आज (असोज ८ गते) निक्षेप संकलन उपकरणमार्फत थप २० अर्ब रुपैयाँ बजारबाट उठाउन लागेको हो।

    वित्तीय बजारमा रहेको बहुल तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल प्रक्रिया अघि बढाएको छ।

    यस्ता छन् बोलकबोलका मुख्य सर्त तथा व्यवस्था:

    • सहभागी हुन पाउने संस्था : बोलकबोलमा 'क', 'ख' र 'ग' वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्।

    • समय: इच्छुक बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ बजेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ।

    • ब्याजदर निर्धारण : निक्षेप संकलनको सावाँ तथा ब्याजदर बोलकबोलको आधारमा तय हुनेछ।

    • रकमको सीमा : सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम १० करोडले भाग जाँदा निःशेष बाँकी रहने गरी कुल आह्वान रकम (२० अर्ब) सम्मका लागि आवेदन दिन सक्नेछन्।

    • भुक्तानी अवधि : ३२ दिन अवधिको यो निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज भुक्तानी आउँदो कात्तिक ९ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ