२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

डोल्पामा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटनाग्रस्त, यात्रुहरू सकुशल

images

  • २०८३ असोज ८, बिहीबार
  • 206
    SHARES
  • डोल्पामा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटनाग्रस्त, यात्रुहरू सकुशल

    डोल्पा : आज बिहीबार बिहान नेपालगञ्जबाट डोल्पाका लागि उडेको सीता एयरको जहाज जुफाल विमानस्थलमा अवतरण (ल्याण्ड) गर्ने क्रममा दुर्घटनामा परेको छ। बिहान ८:२५ बजे अवतरण गर्ने क्रममा जहाजको पछाडिपट्टि दायाँतर्फको एउटा पाङ्ग्रा खुस्किएपछि उक्त दुर्घटना भएको हो।

    डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रामदत्त चौलागाईका अनुसार दुर्घटनामा जहाजमा सामान्य क्षति पुगेको छ। तर, भाग्यवश जहाजमा सवार सबै १३ जना यात्रु पूर्ण रूपमा सकुशल रहेका छन्। सवार यात्रुमध्ये ११ जना पुरुष र २ जना महिला रहेका छन् भने ७ जना विदेशी नागरिक रहेका छन्।

    घटनालगत्तै प्राविधिक टोलीले जहाजको अवस्था र प्राविधिक त्रुटिबारे सूक्ष्म जाँच सुरु गरिसकेको प्रशासनले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ