२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्री राहत कोषमा साढे १५ अर्ब मौज्दात, राहत र उद्धारका लागि १ अर्ब निकासा

images

  • २०८३ असोज ८, बिहीबार
  • 216
    SHARES
  • प्रधानमन्त्री राहत कोषमा साढे १५ अर्ब मौज्दात, राहत र उद्धारका लागि १ अर्ब निकासा

    काठमाडौँ : गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोडभन्दा बढी रुपैयाँ मौज्दात रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खाताहरूमा गरी कुल १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९ सय २६ रुपैयाँ मौज्दात रहेको हो।

    कोषमा सङ्कलन भएको उक्त रकममध्ये देशका ९ वटा वाणिज्य बैंकहरूमा रहेका खाताहरूमा ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार २ सय ९१ रुपैयाँ मौज्दात छ। यसका साथै दुई वटा वाणिज्य बैंकमा सञ्चालित डलर खाताहरूमा कुल २५ करोड ४ लाख ७१ हजार ५ सय ४६ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ।

    यसैबिच, बाढी प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिनका लागि उक्त कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) मा निकासा भइसकेको छ।

    बाढीबाट प्रभावित नागरिकहरूलाई राहत सामग्री वितरण, अस्थायी आवास निर्माण र क्षति पुगेका संरचनाहरूको पुनर्निर्माणका लागि प्राप्त सहयोग रकमलाई पारदर्शी रूपमा उपयोग गरिने सरकारले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ