२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

११.७७ अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

images

  • २०८३ असोज ८, बिहीबार
  • 256
    SHARES
  • ११.७७ अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

    काठमाडौँ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेर बन्द भएको हो। परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स १.५५ अंक, फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंकले बढेको छ। 

    नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। हिजो बुधबार ६ अर्ब ३५ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा आज बिहीबार २ सय ७८ कम्पनीका १ करोड ७२ लाख ७० हजार ४ सय ४९ कित्ता सेयर ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँमा कारोबार भएको छ।

    आज नेपाल ल्यूब आयलको सेयर मूल्य १२.४७ प्रतिशतले बढेको छ भने मिड सोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ११.५८ प्रतिशतले घटेको छ। कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १२ वटाको परिसूचक बढेको छ भने १ वटाको परिसूचक ओरालो लागेको छ।
     
    आज २ सय ७६ कम्पनीको शेयर मूल्य बढेको छ र ९५ कम्पनीको शेयर मूल्य घटेको छ। आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा ३५ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो स्थानमा रहेको हिमालयन डिस्टिलरीको ३५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

    Screenshot 2026-09-24 172915.png
    Nepse
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ