काठमाडौँ : अपाङ्गता भएका व्यक्तिहरूलाई वित्तीय रूपमा सबल र आत्मनिर्भर बनाउने उद्देश्यले इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलले संयुक्त रूपमा ‘स्वावलम्बन कर्जा’ नामको डिजिटल कर्जा सुविधा सार्वजनिक गरेका छन्। काठमाडौँस्थित भिभान्ता होटलमा आयोजित एक विशेष कार्यक्रमबीच यो सेवाको औपचारिक सुरुवात गरिएको हो।
बैंक धाउनुपर्ने बाध्यता, लामो कागजी प्रक्रिया र जटिलतालाई हटाउँदै प्रविधिको प्रयोगमार्फत सहज रूपमा कर्जा उपलब्ध गराउनु यस पहलको मुख्य उद्देश्य रहेको छ।
कर्जाका मुख्य विशेषताहरू:
-
कर्जा रकम : रु. १०,००० देखि अधिकतम रु. २,०००,००० सम्म।
-
ब्याजदर : वार्षिक ९.९९ प्रतिशत।
-
प्रशोधन शुल्क (Processing Fee) : ०.७५ प्रतिशत।
-
आवेदन माध्यम : इसेवा (eSewa) एपबाटै डिजिटल रूपमा।



