२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा दुई कम्पनी सहित एक फण्डको शेयरमूल्य समायोजन

images

  • २०८३ असोज ८, बिहीबार
  • 376
    SHARES
  • नेप्सेमा दुई कम्पनी सहित एक फण्डको शेयरमूल्य समायोजन

    काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई सूचीकृत कम्पनी र एक म्युचुअल फण्डको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेका अनुसार कालिञ्चोक दर्शन, माछापुच्छ्रे बैंक र ग्लोबल आइएमई ब्यालेन्सड फण्ड–१ को मूल्य समायोजन भएको छ।

    कुन कम्पनीको कति मूल्यमा समायोजन :

    कालिञ्चोक दर्शन :

    कम्पनीले प्रस्ताव गरेको ८.५० प्रतिशत बोनस शेयर समायोजनपछि नयाँ मूल्य ५ सय ८० रुपैयाँ ४६ पैसा कायम भएको छ। यसअघि बिहीबार दोस्रो बजारमा यसको अन्तिम कारोबार रु ६ सय २९ रुपैयाँ ८० पैसामा भएको थियो।

    माछापुच्छ्रे बैंक :

    बैंकको ३ प्रतिशत बोनस शेयर समायोजनपछि शेयरमूल्य २ सय ५० रुपैयाँ ९७ कायम भएको छ। बिहीबार बैंकको अन्तिम कारोबार प्रतिशेयर २ सय ५८ रुपैयाँ ५० पैसामा भएको थियो।

    ग्लोबल आइएमई ब्यालेन्सड फण्ड–१ :

    फण्डको १२ प्रतिशत नगद लाभांश समायोजनपछि प्रतिइकाई मूल्य १० रुपैयाँ ५० पैसा तोकिएको छ। बिहीबार यसको अन्तिम कारोबार ११ रुपैयाँ ७० पैसा भएको थियो।

    अन्तिम कारोबार मूल्यलाई आधार मानेर नेप्सेले यस मूल्यमा समायोजन गरेको हो। अब असोज १२ गते सोमबार दोस्रो बजार खुल्दा यिनै समायोजित मूल्यका आधारमा शेयर कारोबार सुरु हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ