काठमाडौँ : स्थानीय बजारमा आज शुक्रबार सुनचाँदी दुवैको मूल्यमा गिरावट अएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय तथा चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ।
महासंघका अनुसारआज सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ भने हिजो बिहीबार प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ थियो। त्यस्तै, हिजो बिहीबार प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँ रहेको चाँदी आज शुक्रबार ३० रुपैयाँले घटेर ४ हजार ६ सय ३० रुपैयाँ कायम भएको छ।