२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

images

  • २०८३ असोज ९, शुक्रबार
  • 246
    SHARES
  • प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

    विमानस्थल जानुअघि उडान तालिका बुझ्न आग्रह

    काठमाडौँ : लगातार भइरहेको वर्षा र खराब मौसमका कारण काठमाडौँ लगायत देशका विभिन्न भागमा आन्तरिक हवाई सेवा प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षा र कम भिजिबिलिटीका कारण आन्तरिकतर्फका धेरै उडानहरू रद्द भएका छन् भने केही उडानमा ढिलाइ भइरहेको छ। मौसमको अवस्थालाई हेरेर जोखिम कम भएका क्षेत्रमा मात्र जहाज उडान तथा अवतरण गराइएको छ।

    अन्तर्राष्ट्रिय उडानहरू सामान्य रूपमा सञ्चालन भइरहे पनि आन्तरिक उडान भने प्रभावित बनेका छन्। विशेषगरी काठमाडौँ उपत्यकासहित देशभर भिजिबिलिटी न्यून भएकाले हिमाली, पहाडी तथा दुर्गम भेगका उडान बढी प्रभावित भएका हुन्।

    विमानस्थल प्रशासनले मौसम प्रतिकूल रहेकाले उडान समयमा फेरबदल वा रद्द हुन सक्ने जनाएको छ। त्यसैले विमानस्थल प्रस्थान गर्नुअघि सम्बन्धित वायुसेवा (एयरलाइन्स) कम्पनीसँग सम्पर्क गरी उडानको पछिल्लो अवस्थाबारे जानकारी लिन यात्रुहरूलाई आग्रह गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ