२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मनी ट्रान्सफरको आवरणमा ५२ बैंकबाट अर्बौँको हुण्डी कारोबार, संचालक पक्राउ

images

  • २०८३ असोज ९, शुक्रबार
  • 231
    SHARES
  • मनी ट्रान्सफरको आवरणमा ५२ बैंकबाट अर्बौँको हुण्डी कारोबार, संचालक पक्राउ

    काठमाडौँ : अवैध रुपमा १ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको अभियोगमा धरानबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ का ज्योति शाही रहेका छन्। विशेष सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले उनलाई धरानको खैरेनीबाट बिहीबार अपराह्न पौने ५ बजे नियन्त्रणमा लिएको हो।

     

    सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराका अनुसार शाहीले कूल १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रुपैयाँ बराबरको गैरकानुनी हुण्डी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। शाहीले अन्य केही व्यक्तिहरूसँग मिलेर घरेलु तथा साना उद्योग कार्यालय इटहरीमा वैधानिक रुपमा मनी ट्रान्सफर दर्ता गराई सोही कम्पनीको आडमा हुण्डीको अवैध धन्दा चलाउँदै आएका थिए।

     

    प्रहरीका अनुसार उक्त मनी ट्रान्सफरको नाममा कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकसहित ५२ वटा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर अर्बौँको शङ्कास्पद कारोबार गरिएको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ