काठमाडौँ : लगातार परेको वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रका खोला तथा नदीहरूमा जलसतह तीव्र रूपमा बढेपछि सर्वसाधारण र सवारी चालकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित क्षति र दुर्घटना रोक्न ट्राफिक प्रहरीले तटीय क्षेत्र तथा करिडोर सडकहरूमा विशेष निगरानी बढाएको छ। अवस्था जोखिमपूर्ण बन्दै गएपछि प्रहरीले माइकिङमार्फत सर्वसाधारणलाई नदी किनारका सडक (करिडोर) प्रयोग नगर्न सचेत गराइरहेको छ।
यी हुन् हालसम्मका मुख्य अपडेटहरू :
-
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार खोला तथा नदीमा पानीको सतह खतराको बिन्दु नजिक पुगेपछि तटीय क्षेत्रमा प्रहरी टोली खटाइएको छ। अति आवश्यक कामबाहेक करिडोर सडकको आवतजावत टाढा राख्न प्रहरीको अनुरोध छ।
-
ललितपुरको च्यासलस्थित पुलसम्मै बाढीको पानी आइपुगेकाले उक्त क्षेत्रबाट हुने सवारी तथा पैदल आवतजावत पूर्ण रूपमा रोकिएको छ।
-
खोला किनारका करिडोर सडकमा राखिएका सवारीसाधनहरू बाढीले बगाउने वा डुबानमा पार्ने खतरा भएकाले तिनलाई तुरुन्त सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ।



