२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

images

  • २०८३ असोज ११, आइतबार
  • 176
    SHARES
  • पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

    काठमाडौँ  : नेपालका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले गएराति महाराजगञ्जस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो।

    जबरालाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे आधिकारिक कारण सार्वजनिक गरिएको छैन। यद्यपि, उनको सुरक्षामा देखिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका लागि ल्याइएको दाबी कार्यालयले गरेको छ। यस घटनाबारे थप विवरण आउन बाँकी छ।

    घटनाको पृष्ठभूमि

    • प्रधानन्यायाधीश नियुक्ति : २०७५ पुस १७ गते जबराले सर्वोच्च अदालतको प्रधानन्यायाधीशको कार्यभार सम्हालेका थिए।

    • महाभियोग दर्ता : कार्यशैली र विभिन्न विवादका कारण २०७८ फागुन १ गते उनीविरुद्ध प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता भएपछि उनी पदबाट निलम्बित भएका थिए।

    • संसद्मा अन्योल : लामो समयसम्म संसद्मा महाभियोगको प्रक्रिया अड्किएर बस्यो।

    • सचिवालयको पत्र र विवाद : प्रतिनिधि सभाको कार्यकाल समाप्त भएपछि संसद् सचिवालयका तत्कालीन महासचिवले महाभियोग निष्प्रभावी भएको पत्र जारी गरेपछि नयाँ कानुनी विवाद सिर्जना भएको थियो।

    • सर्वोच्चको फैसला : संसद् सचिवालयको उक्त पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। पछि सर्वोच्चको संवैधानिक इजलासले उक्त महाभियोगको औचित्य सकिइसकेको ठहर गर्दै रिट खारेज गरिदिएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ