२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पहिरोले घर पुरिँदा बागलुङमा एकै परिवारका ४ जनाको मृत्यु

images

  • २०८३ असोज ११, आइतबार
  • 236
    SHARES
  • पहिरोले घर पुरिँदा बागलुङमा एकै परिवारका ४ जनाको मृत्यु

    बागलुङ : बागलुङको निसीखोला गाउँपालिकामा बिहानै गएको विनाशकारी पहिरोमा परी एकै परिवारका चार सदस्यले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार निसीखोला गाउँपालिका वडा नम्बर ३ मा अचानक घरमाथिबाट पहिरो खस्दा सिंगो घर पुरिएको थियो।

    घटना आज बिहान करिब ४ देखि ५ बजेको समयमा भएको हो। ज्यान गुमाउनेमा श्यामकुमारी विक (३९ वर्ष) ,मनोज विक (१२ वर्ष) छोरा, मुकेश विक (९ वर्ष) र छोरानिसन विक (५ )छोरा रहेको प्रहरीले जनाएको छ । 

    गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार मानिसहरू निद्रामै रहेको समयमा माथिबाट लेदोसहितको पहिरो खसेकाले कसैले पनि जोगिने मौका पाएनन्। पहिरोमा पुरिएका चारै जनाको शव निकालीसकिएको छ। अविरल वर्षाका कारण सो क्षेत्रका अन्य बस्तीहरू पनि पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय प्रशासन र प्रहरीको टोलीले प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षाका उपायहरू अपनाइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ