२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नारायणी नदीमा बाढीको उच्च जोखिम: खतराको तह नाघ्यो, सुरक्षित स्थानतर्फ लाग्न आग्रह

images

  • २०८३ असोज ११, आइतबार
  • 201
    SHARES
  • नारायणी नदीमा बाढीको उच्च जोखिम: खतराको तह नाघ्यो, सुरक्षित स्थानतर्फ लाग्न आग्रह

    काठमाडौँ : लगातारको वर्षाका कारण नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूमा जलसतहले खतराको विन्दु पार गरेपछि तटीय क्षेत्रमा बाढी र डुबानको उच्च जोखिम सिर्जना भएको छ। स्थिति गम्भीर बनेपछि जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

    देवघाट बाढी मापन केन्द्रका अनुसार नारायणी नदीमा जलसतहले ९ मिटरको खतराको तह पार गरिसकेको छ। हाल करिब ११ मिटर पुगिसकेको जलसतह अझै बढ्दो क्रममा छ। महाशाखाका अनुसार आज दिनको ११ बजे आसपास जलसतह अधिकतम १३ मिटरसम्म पुग्न सक्ने र साँझसम्मै खतराको तहभन्दा माथि नै रहने उच्च सम्भावना रहेको छ।

    नारायणीसँगै यसका प्रमुख सहायक नदीहरूमा पनि बहाव निकै बढेको छ। कालीगण्डकीमा जलसतह खतराको तहभन्दा निकै माथि पुगिसकेको छ भने सेती, मादी, मस्र्याङ्दी, दरौंदी र चेपे नदीमा सतर्कता तह नाघेर जलसतह बढिरहेको छ। यस्तै बुढीगण्डकी र त्रिशूली नदीमा पनि बहाव सतर्कता विन्दु नजिक पुगेर निरन्तर माथि उक्लिरहेको छ।

    अत्यधिक बहावका कारण विशेष गरी चितवन र नवलपरासी जिल्लाका नदी आसपासका होचा तथा तल्लो भूभागहरू डुबानको तीव्र जोखिममा परेका छन्। नदी किनार, तटीय क्षेत्र र कमजोर तटबन्ध वा संरचना भएका स्थानहरूमा बाढी पस्ने खतरा उच्च रहेकाले त्यहाँका बासिन्दाहरूलाई तत्कालै सुरक्षित र अग्लो स्थानतर्फ स्थानान्तरण हुन आग्रह गरिएको छ।

    जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई नारायणी र यसका सहायक नदीका तटीय क्षेत्रमा आवतजावत नगर्न तथा पुल र तटबन्ध आसपास अनावश्यक भिडभाड नगर्न भनिएको छ। आज साँझसम्मै सबै साना-ठूला खोलानालाहरूमा उच्च सतर्कता अपनाउन र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने निर्देशनहरूको पूर्ण पालना गर्न महाशाखाले आग्रह गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ