२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्राविधिक समस्या र बिदाका बीच ३ दिन मात्रै कारोबार, साताभरमा बजार १७.५८ अंकले घट्यो

images

  • २०८३ असोज ११, आइतबार
  • 211
    SHARES
  • प्राविधिक समस्या र बिदाका बीच ३ दिन मात्रै कारोबार, साताभरमा बजार १७.५८ अंकले घट्यो

    साताभर नेप्सेमा साढे १७ अंकको गिरावट: ३ दिन मा १८ करोडको कारोबार

    काठमाडौं : गत साता नेपाली सेयर बजारमा उतरचढावका बीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक समग्रमा १७.५८ अंकले ओरालो लागेको छ। प्राविधिक अवरोध र सार्वजनिक बिदाका कारण साताभरमा ३ दिन मात्रै कारोबार भएको बजार २६ सय २९ दशमलव ८१ को बिन्दुमा पुगेर रोकिएको छ।

    तीन दिनको अवधिमा कुल १८ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। असोज ५ गते (सोमबार) ७२ वटा सदस्य कम्पनीहरूको सर्भर रहेको डाटा सेन्टरमा प्राविधिक समस्या उत्पन्न भएपछि नेप्सेले कारोबार स्थगित गरेको थियो। यस्तै, असोज ९ गते (शुक्रबार) इन्द्रजात्राको सार्वजनिक बिदा परेकाले बजार बन्द रहेको हो। 

    साताभरिको बजार उतारचढाव :

    साताका ३ कारोबार दिनमध्ये २ दिन हरियाली छाए पनि १ दिनको ठूलो गिरावटले समग्र सूचकलाई घटाएको हो ।

    • मंगलबार : साताको पहिलो कारोबार दिन बजार ७.०६ अंकले उकालो लाग्दै २६ सय ५४ दशमलव २८ को बिन्दुमा पुगेर बन्द भयो। उक्त दिन रु. ६ अर्ब ९८ करोड बराबरको कारोबार भएको थियो।

    • बुधबार : दोस्रो दिन नेप्सेमा ठूलो गिरावट आयो। सूचक ३६.२५ अंकले घटेर २६ सय १८ दशमलव ३ को बिन्दुमा झर्‍यो भने रु. ६ अर्ब १६ करोडको सेयर कारोबार भयो।

    • बिहीबार : साताको अन्तिम कारोबार दिन बजार सम्हालिँदै ११.७७ अंकले बढेर २६ सय २९ दशमलव ८१ को बिन्दुमा बन्द भयो। यस दिन रु. ५ अर्ब २१ करोडको कारोबार भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ