काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत आठ वटा हाइड्रोपावर कम्पनीहरूले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूका लागि लाभांश घोषणा गरेका छन्। लाभांश प्रस्ताव गर्नेमा २ वटा कम्पनीले नगद मात्र र बाँकी ६ वटा कम्पनीले बोनस सेयरलाई प्राथमिकता दिएका छन्।
हालसम्म लाभांश घोषणा गर्ने कम्पनीहरूमा मिड सोलु, सुपर मादी, माण्डु, स्नो रिभर्स, विकास हाइड्रोपावर, युनाइटेड इदी मार्दी, अरुण भ्याली र सानिमा मिडल तामोर रहेका छन्।
१. मिड सोलु हाइड्रोपावर :
-
बोनस सेयर: १५.००%
-
नगद लाभांश: ०.७९%
-
कुल लाभांश: १५.७९%
२. सुपर मादी हाइड्रोपावर :
-
बोनस सेयर: १५.००%
-
नगद लाभांश: ०.७९%
-
कुल लाभांश: १५.७९%
३. माण्डु हाइड्रोपावर :
-
नगद लाभांश: १२.००%
-
कुल लाभांश: १२.००%
४. विकास हाइड्रोपावर :
-
बोनस सेयर: १०.००%
-
नगद लाभांश: ०.५३%
-
कुल लाभांश: १०.५३%
५. स्नो रिभर्स (Snow River) :
-
बोनस सेयर: १०.००%
-
नगद लाभांश: ०.५३%
-
कुल लाभांश: १०.५३%
६. सानिमा मिडल तामोर हाइड्रोपावर :
-
नगद लाभांश: ५.२६३%
-
कुल लाभांश: ५.२६३%
७. अरुण भ्याली हाइड्रोपावर :
-
बोनस सेयर: ५.००%
-
नगद लाभांश: ०.२६%
-
कुल लाभांश: ५.२६%
८. युनाइटेड इदी मार्दी एण्ड आरबी :
-
कम्पनीको नाम: युनाइटेड इदी मार्दी एण्ड आरबी
-
बोनस सेयर: ५.००%
-
नगद लाभांश: ०.२६%
-
कुल लाभांश: ५.२६%
घोषणा भएका आठमध्ये पाँच कम्पनीको सेयर अहिले खरिद गर्दा पनि घोषित लाभांश पाइनेछ। लाभांश हात पार्ने अवसर बाँकी रहेका कम्पनीहरूमा मिड सोलु, विकास हाइड्रोपावर, युनाइटेड इदी मार्दी, अरुण भ्याली र सानिमा मिडल तामोर रहेका छन्।
-
अरुण भ्याली हाइड्रोपावर : यस कम्पनीले असोज १३ गतेका लागि बुक क्लोजको मिति तोकेको छ। त्यसैले असोज १२ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीले मात्र यसको लाभांश पाउनेछन्।
-
अन्य ४ कम्पनी : मिड सोलु, विकास, युनाइटेड इदी मार्दी र सानिमा मिडल तामोरको भने साधारण सभा तथा बुक क्लोजको मिति तय हुन बाँकी नै रहेकाले सेयरधनी बन्ने समय अझै उपलब्ध छ।



