काठमाडौँ : मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बैंक सञ्चालक समितिको हालै बसेको बैठकले गत आर्थिक वर्षको नाफा तथा सञ्चित कोषबाट आफ्ना सेयरधनीहरूलाई हाल कायम रहेको चुक्तापुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको कुल ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
सञ्चालक समितिले अघि सारेको लाभांश प्रस्तावमा ५ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेका छन्। प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूले प्राप्त गर्नेछन्।




