२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता

images

  • २०८३ असोज १२, सोमबार
  • 181
    SHARES
  • महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता

    काठमाडौँ : सामुदायिक तथा सार्वजनिक विद्यालयहरूमा आधारभूत शिक्षा र साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ (आधारभूत शिक्षा तथा साक्षरता समिति) बीच द्विपक्षीय सम्झौता भएको छ।

    असोज ९ गते (सेप्टेम्बर २५) आयोजित कार्यक्रममा दुवै पक्षबीच सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत रोटरी क्लबहरूमार्फत सञ्चालन हुने शैक्षिक तथा पूर्वाधार विकास परियोजनाहरूमा वित्तीय सहयोग उपलब्ध गराउनेछ।

    यसअन्तर्गत लक्षित विद्यालयहरूमा खानेपानी, शौचालय निर्माण तथा सुधार, सरसफाइ एवं स्वच्छता कार्यक्रम र कम्प्युटर ल्याब स्थापनाजस्ता पूर्वाधार विकासका काम गरिनेछन्। यस सहकार्यले विशेषगरी सामुदायिक विद्यालयका विद्यार्थीहरूको सिकाइ वातावरण, स्वास्थ्य-स्वच्छता र डिजिटल पहुँचमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

    यसैबीच, बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै भोटेकोशी-त्रिशूली नदीमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहायतासमेत प्रदान गरेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ