२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

धादिङमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

images

  • २०८३ असोज १२, सोमबार
  • 286
    SHARES
  • धादिङमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

    धादिङ : निरन्तरको अविरल वर्षाका कारण पहिरो जाँदा गएको बुधबारदेखि पूर्ण रूपमा बन्द भएको पृथ्वी राजमार्ग आज दिउँसोबाट एकतर्फी सञ्चालनमा आएको छ।

    अविरल वर्षासँगै राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सडक अवरुद्ध बनेको थियो। धादिङको गजुरीस्थित चामबासमा थुप्रिएको पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनलाई पालैपालो गन्तव्यतर्फ पठाउन थालिएको छ।

    पहिरोका कारण सडकमा रोकिएका यात्रु तथा सवारी चालकहरूले राजमार्ग एकतर्फी खुलेसँगै केही राहत महसुस गरेका छन्। यद्यपि, जोखिम अझै कायम रहेकाले पूर्ण रूपमा दुवैतर्फ सडक सञ्चालनमा ल्याउन र बाँकी अवरोध हटाउनका लागि प्रयास जारी रहेको जनाइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ