२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

  • २०८३ असोज १३, मंगलबार
  • 301
    SHARES
  • चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं : चार कम्पनीको लाभांश प्राप्त गर्ने आज (असोज १३ गते) अन्तिम दिन रहेको छ जसमा  नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्स रहेका छन्।

    चार कम्पनीले आगामी साधारणसभा तथा लाभांश वितरणको सूची तय गर्न असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म शेयर खरिद गर्ने वा कायम रहने लगानीकर्ताले मात्रै प्रतिफल प्राप्त गर्न सक्नेछन्।

    त्यसैले, आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहने शेयरधनीहरूले मात्र यी कम्पनीहरूले घोषणा गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन्।

    यी चार कम्पनीहरूको साधारण सभा र लाभांशसम्बन्धी विवरण यस प्रकार छ।

    १. नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) :

    • साधारण सभा : असोज २३ गते, बिहान ९:०० बजे (अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौं)।

    • प्रस्तावित लाभांश : ५.२६३२% नगद लाभांश (करसहित), जुन कुल १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँ हुन आउँछ।

    • चुक्तापुँजी : २१ अर्ब ६० करोड रुपैयाँ

    •   मुख्य प्रस्तावहरू : आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणहरू पारित गर्ने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने।

    २. नबिल बैंक लिमिटेड : 

    • साधारण सभा : असोज २२ गते, बिहान ९:३० बजे (आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौं)।

    • प्रस्तावित लाभांश : चुक्तापुँजीको कुल १५.८०% लाभांश (५% बोनस शेयर र १०.८०% नगद लाभांश)। साथै, अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ ८% नगद लाभांश वितरण गरिने।

    • मुख्य प्रस्तावहरू:

      • बैंकको अधिकृत पुँजी वृद्धि गरी ३४ अर्ब रुपैयाँ पुर्‍याउने र सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने।

      • अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति (एक्विजिशन) सम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने।

      • संस्थापक शेयरधनीका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने।

    ३. गरिमा विकास बैंक लिमिटेड : 

    • साधारण सभा : असोज २६ गते, बिहान १०:३० बजे (होटल पोखरा ग्रान्ड, बिरौटा, पोखरा)।

    • प्रस्तावित लाभांश : हाल कायम चुक्तापुँजी (६ अर्ब २ करोड १३ लाखभन्दा बढी) को कुल २०% लाभांश (१०% बोनस शेयर र १०% नगद लाभांश)।

    • चुक्तापुँजी  : ६ अर्ब २ करोड १३ लाख रुपैयाँ

    • मुख्य प्रस्तावहरू:

      • अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब ६५ करोड रुपैयाँ पुर्‍याउने र नियमावली संशोधन गर्ने।

      • मर्जर तथा प्राप्तिका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने।

    ४. रिलायन्स स्पिनिङ्ग मिल्स : 

    • साधारण सभा: असोज २२ गते, बिहान ९:०० बजे (अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौं)।

    • प्रस्तावित लाभांश: चुक्तापुँजीको ३०% नगद लाभांश (करसहित), जुन ५७ करोड रुपैयाँ बराबर हुन्छ।

    • चुक्तापुँजी : १ अर्ब ९० करोड रुपैयाँ

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ