काठमाडौँ : नेपाली बजारमा सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। लगातार दुई दिनमा सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कायम भएको छ। यसअघि हिजो सोमबार पनि सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घटेर २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि निरन्तर गिरावट आएको छ। आज मंगलबार चाँदीको मूल्य तोलामा १ सय १५ रुपैयाँले घटेर ४ हजार ३ सय ९५ रुपैयाँ पुगेको छ। हिजो सोमबार पनि चाँदीको मूल्य तोलामा १ सय ४५ रुपैयाँले घटेर ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भएको थियो।