२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अविरल वर्षाले अवरुद्ध राजधानी जोड्ने दुई प्रमुख राजमार्ग सञ्चालनमा

images

  • २०८३ असोज १३, मंगलबार
  • 241
    SHARES
  • अविरल वर्षाले अवरुद्ध राजधानी जोड्ने दुई प्रमुख राजमार्ग सञ्चालनमा

    काठमाडौँ : केही दिनदेखिको अविरल वर्षा र पहिरोका कारण ठप्प बनेका राजधानी काठमाडौँ प्रवेश गर्ने दुई प्रमुख सडक मार्गहरू पुनः सञ्चालनमा आएका छन्।

    पृथ्वी राजमार्गअन्तर्गतको धादिङस्थित कृष्णभीर सडकखण्डको पहिरो हटाइएपछि आजदेखि सडक दुवैतर्फ सञ्चालनमा आएको छ। उता बाढी र पहिरोले विगत पाँच दिनदेखि अवरुद्ध बनेको बिपी राजमार्ग पनि आज बिहानदेखि सञ्चालनमा आएको छ।

    सडक विभागका अनुसार भारी वर्षाका कारण नागढुङ्गा-मुग्लिङ सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्नुका साथै केही ठाउँमा सडक नै धसिएर यातायात पूर्ण रूपमा ठप्प भएको थियो। हाल सडक सुचारु भएसँगै सवारी साधनको सुरक्षार्थ र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सुरक्षाकर्मी तथा प्राविधिक टोलीले निरन्तर निगरानी गरिरहेका छन्।

    स्थलगत अनुगमनमा खटिएको टोलीले सडकको अवस्था र सवारी चापबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नियमित अपडेट गराइरहेको छ। साथै, सम्भावित जोखिम न्यूनीकरणका लागि थप मर्मत कार्य पनि जारी राखिएको छ।

    यस्तै, बाढीले नराम्ररी क्षति पुर्‍याएको बिपी राजमार्गमा अस्थायी डाइभर्सन निर्माण गरी आज बिहान १० बजेदेखि साना सवारी साधनका लागि बाटो खुलाइएको हो।

    प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलका अनुसार पाँच दिनदेखि अवरुद्ध चौकीडाँडा क्षेत्रमा खोलाबाट डाइभर्सन बनाउन कठिन भएपछि निर्माणाधीन स्थायी ट्र्याकको भाग खनेर तत्कालका लागि यातायात सुचारु गरिएको हो।

    हाल उक्त वैकल्पिक ट्र्याकबाट साना निजी गाडी तथा यात्रुवाहक सवारी मात्र छाडिएको छ। भोलिसम्ममा ठूला बस तथा ट्रकहरूसमेत सञ्चालन गर्न सकिने गरी द्रुत गतिमा मर्मत कार्य अघि बढाइएको छ। राजमार्गका अन्य विभिन्न ठाउँमा परेका खाडाखुडी पुर्ने र डाइभर्सन मर्मत गर्ने काम अझै पनि तीव्र रूपमा भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ