२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

शरद् ऋतुमा १८ हिमाल आरोहण गर्न ६३७ आरोहीद्वारा अनुमति लिइयो

images

  • २०८३ असोज १३, मंगलबार
  • 271
    SHARES
  • शरद् ऋतुमा १८ हिमाल आरोहण गर्न ६३७ आरोहीद्वारा अनुमति लिइयो

    काठमाडौँ: यस वर्षको शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६३७ जना आरोहीले औपचारिक स्वीकृति लिएका छन्। पर्यटन विभागका अनुसार कुल ६८ वटा आरोहण टोलीमार्फत उनीहरूले अनुमति पाएका हुन्।

    हिमाल चढ्न अनुमति लिनेमा ४७४ जना पुरुष र १६३ जना महिला आरोही रहेका छन्। विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार यी आरोहण अनुमति प्रदान गरेबापत सरकारलाई २३ करोड ८५ लाख १७ हजार ७९७ रुपैयाँ रोयल्टी प्राप्त भएको छ।

    मनास्लुमा सबैभन्दा बढी आकर्षण : 

    यस याममा आरोहीहरूको पहिलो रोजाइ ८,१६३ मिटर अग्लो मनास्लु हिमाल बनेको छ। मनास्लु आरोहणका लागि मात्रै ४३ वटा टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन्।

    यस्तै, अन्य प्रमुख हिमालहरूमा:

    • धौलागिरि–१ : ४ टोलीका ३४ जना

    • पुथा हिउँचुली : २ टोलीका २० जना

    • डाङ्गा हिउँचुली : २ टोलीका १६ जना

    • बरुणत्से हिमाल : १ टोलीका १० जना

    यसबाहेक मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायतका १८ वटा हिमाल आरोहणका लागि टोलीहरू प्रस्थान गर्ने तयारीमा छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ