२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

images

  • २०८३ असोज १३, मंगलबार
  • 301
    SHARES
  • नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

    काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई सूचीकृत कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेका अनुसार गरिमा विकास बैंक र नबिल बैंकको मूल्य समायोजन भएको छ।


    गरिमा विकास बैंक : 

    कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर समायोजनपछि नयाँ मूल्य ४ सय ३९ रुपैयाँ ५५ पैसा कायम भएको छ। यसअघि मंगलबार दोस्रो बजारमा यसको अन्तिम कारोबार ४ सय ५६ रुपैयाँमा भएको थियो।

    नबिल बैंक :

    कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर समायोजनपछि नयाँ मूल्य ५ सय ३९ रुपैयाँ ५ पैसा कायम भएको छ। यसअघि मंगलबार दोस्रो बजारमा यसको अन्तिम कारोबार ५ सय ६६ रुपैयाँमा भएको थियो।

    अन्तिम कारोबार मूल्यलाई आधार मानेर नेप्सेले यस मूल्यमा समायोजन गरेको हो। अब असोज १४  गते बुधबार दोस्रो बजार खुल्दा यिनै समायोजित मूल्यका आधारमा शेयर कारोबार सुरु हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ