काठमाडौँ : नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले बढेको हो।
आज आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ भने हिजो मंगलबार सुनको मूल्यमा गिरावट आउँदा प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सुनको मूल्यसँगै आज चाँदीको मूल्यमा पनि उकालो लागेको छ। आज चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ भने हिजो मंगलबार चाँदीको कारोबार प्रतितोला ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।