काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग आज पनि बयान लिइने भएको छ ।
गत बिहीबार पक्राउ परे पनि सोमबारबाट मात्रै विषय केन्द्रित भएर बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको हो । उक्त प्रकरणमा मुछिए पनि खाणले मोबाइल फरम्याट गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागे पछि सोमबारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ ।
आरोपमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले उक्त काण्डमा गृहमन्त्रीको हैसियतमा खाणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुयैँया दिएको बयान दिए पछि खाँण यो प्रकरणमा तानिएका हुन् ।
साथै, तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफूले काम कारबाही अघि बढाएको बयान दिए पछि खाणलाई पक्राउ गरी हिरासतमा लिइएको हो ।



