२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने बढ्यो

images

  • २०८३ असोज १५, बिहीबार
  • 281
    SHARES
  • झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने बढ्यो

    काठमाडौँ : साताको चौथो कारोबार दिन आज बिहीबार नेप्से झिनो अंकले बढेर बन्द भएको छ। लगातार तीन कारोबार दिनदेखि घटिरहेको नेप्से आज सामान्य अंकको सुधार देखिएको छ। नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। आज नेप्से परिसूचक ०.२६ अंकको घटेर २ हजार ५ सय ९९ दशमलव १५ विन्दुमा पुगेको हो।

    त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.१४ अंक, फ्लोट इण्डेक्स ०.१५ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक घटेको छ। आज ८ वटै उपसमूहका परिसूचक घटेको छ भने ४ वटै उपसमूहका परिसूचक बढेको छ। साथै, आज १ सय ३९ कम्पनीको शेयर मूल्य बढेको छ र १ सय २८ कम्पनीको शेयर मूल्य घटेको छ तथा १२ कम्पनीको शेयर मूल्य स्थिर छ।

    त्यस्तै, आज सिद्धार्थ बैंकको ३० करोड ५३लाख रुपैयाँ, अपि पावर कम्पनीको २२ करोड ८१ लाख रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको २१ करोड ९६ लाख रुपैयाँ शेयर कारोबार भएको छ। साथै,  आज सिन्धु विकास बैंकको शेयर सर्वाधिक १०.८१ प्रतिशत बढेको छ भने  सयपत्री हाइड्रोपावरको शेयर सर्वाधिक ९.६६ प्रतिशतले गिरावट आएको छ।

    यसगरी, आज ३ सय ५३ कम्पनीको ५१ हजार ७ सय ४५ पटकको कारोबारमा ४ अर्ब ८९ करोड १८ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड २० लाख ६५ हजार ५ सय ५५ कित्ता शेयर कारोबार भएको छ भने हिजो बुधबार ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। 

    Screenshot 2026-10-01 190419.png
    Nepse
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ