काठमाडौं : हिमालयन बुलियन कम्पनीले आफ्ना ग्राहकहरूको सुरक्षा र लगानीको संरक्षणलाई ध्यानमा राख्दै दुर्घटना बीमा सुविधा ल्याएको छ। यसका लागि कम्पनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) सँग सम्झौता गरेको छ।
दीर्घकालदेखि सेवा प्रदान गर्दै आएको सलिकोसँगको यो सहकार्यमार्फत ग्राहकको जोखिम न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ। सम्झौता अनुसार हिमालयन बुलियनको सदस्यता (Membership) कार्यक्रममा जोडिएका ग्राहकहरूले आफ्नो सदस्यताको स्तर (Tier) अनुसार बीमा सुविधा पाउनेछन्। जसमा
-
सिल्भर सदस्यता : रु १ लाखसम्म
-
गोल्ड सदस्यता : रु ५ लाखसम्म
-
डायमन्ड सदस्यता : रु १० लाखसम्म



