काठमाडौँ : चार कम्पनीको लाभांश प्राप्त गर्ने आज (असोज १६ गते) अन्तिम दिन रहेको छ जसमाकुमारी बैंक, सिटिजन्स बैंक, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावर रहेका छन्।
चार कम्पनीले आगामी साधारणसभा तथा लाभांश वितरणको सूची तय गर्न असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म शेयर खरिद गर्ने वा कायम रहने लगानीकर्ताले मात्रै प्रतिफल प्राप्त गर्न सक्नेछन्।
त्यसैले, आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहने शेयरधनीहरूले मात्र यी कम्पनीहरूले घोषणा गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन्। शनिबार र आइतबार सेयर कारोबार नहुने भएकाले आज असोज १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर खरिद गरी कायम रहने सेयरधनीहरू मात्रै लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।
लाभांश तथा साधारण सभासम्बन्धी कम्पनीगत विवरण यस प्रकार छ।
१. कुमारी बैंक लिमिटेड :
-
प्रस्तावित लाभांश : २.१०५३ प्रतिशत नगद लाभांश (करसहित, कुल ५५ करोड २१ लाख २३ हजार ३ सय ९६ रुपैयाँ ६३ पैसा)
-
साधारण सभा : असोज २८ गते बिहान ११ बजे, सिल्भर ओक ब्यांक्वेट, सुवर्ण शमशेर मार्ग, काठमाडौँ।
-
प्रमुख एजेन्डा : लाभांश पारित, वित्तीय विवरण स्वीकृति, कुमारी क्यापिटल र केबीएल सेक्युरिटिजको एकीकृत वित्तीय विवरण अनुमोदन, तथा नयाँ लेखापरीक्षक नियुक्ति।
२. सिटिजन्स बैंक इन्टरनेसनल
-
प्रस्तावित लाभांश : कुल ४ प्रतिशत (३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश)।
-
साधारण सभा : असोज २८ गते बिहान ११ बजे, अमृतभोग, डिल्लीबजार, काठमाडौँ।
-
प्रमुख एजेन्डा : बोनस सेयर वितरणपछि पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, तथा एकीकृत वित्तीय विवरण र लेखापरीक्षक नियुक्ति अनुमोदन।
३. विकास हाइड्रोपावर कम्पनी
-
प्रस्तावित लाभांश : कुल १०.५२६३ प्रतिशत (१० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश)।
-
साधारण सभा : असोज २९ गते बिहान ९:३० बजे, होटल स्मार्ट दरबार, धुम्बाराही, काठमाडौँ।
-
प्रमुख एजेन्डा : अधिकृत तथा चुक्ता पुँजी वृद्धि, नियमावली र प्रबन्धपत्र संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी, वार्षिक प्रतिवेदन स्वीकृति र नयाँ लेखापरीक्षक नियुक्ति।
४. सानिमा मिडिल तमोर हाइड्रोपावर
-
प्रस्तावित लाभांश : ५.२६३ प्रतिशत नगद लाभांश (करसहित)।
-
साधारण सभा : असोज ३० गते।
-
प्रमुख एजेन्डा : सञ्चित मुनाफाबाट नगद लाभांश पारित गर्ने तथा कम्पनीको ११ औँ वार्षिक साधारण सभा सम्पन्न गर्ने।



