२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु, केही घाइते

images

  • २०८३ असोज १६, शुक्रबार
  • 281
    SHARES
  • कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु, केही घाइते

    कपिलवस्तु : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तु र दाङको सीमा क्षेत्रमा पर्ने शिवराज नगरपालिका–१ स्थित चोरखोलामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।

    प्रहरीका अनुसार ना ६ प ३३३३ नम्बरको ट्रक र लु प्र ०३–००१ ख ००९९ नम्बरको बस एकापसमा जुध्दा बसका चालक ३४ वर्षीय सुमन खत्री गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

    उक्त दुर्घटनामा परी बसमा सवार अन्य केही यात्रुसमेत घाइते भएका छन्। घाइतेहरूलाई थप उपचारका लागि नजिकैको चन्द्रौटास्थित स्वास्थ्य संस्थामा लगिएको छ। दुर्घटनाको यकिन कारण भने अझै खुल्न सकेको छैन। घटनाबारे थप विवरण संकलन गर्दै अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ