२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अत्यधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ खिच्दै

images

  • २०८३ असोज १६, शुक्रबार
  • 276
    SHARES
  • अत्यधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ खिच्दै

    काठमाडौँ : बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) थुप्रिने क्रम बढेपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट १८ अर्ब रुपैयाँ प्रशोचन (उठाउने) गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी २८ दिनका लागि उक्त परिमाणको तरलता खिच्न लागेको हो।

    इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्। निक्षेप संकलनको ब्याजदर बोलकबोलका आधारमा तय हुने जनाइएको छ।

    बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँ वा सोभन्दा बढी १० करोडले निःशेष भाग जाने गरी आह्वान गरिएको अधिकतम रकमसम्म आवेदन दिन सकिनेछ। यसरी सङ्कलन गरिएको निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आउँदो कात्तिक १३ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ