२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज् ब्युटी स्टुडियोमा विशेष छुट

images

  • २०८३ असोज १६, शुक्रबार
  • 251
    SHARES
  • प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज् ब्युटी स्टुडियोमा विशेष छुट

    काठमाडौं : प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई कमलादीस्थित ‘रुस्काज् ब्युटी स्टुडियो’ले विभिन्न सौन्दर्य सेवामा विशेष छुट प्रदान गर्ने भएको छ। दुवै संस्थाबिच ग्राहक तथा कर्मचारीहरूलाई सेवा-सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

    एक कार्यक्रमका बिच रुस्काज् ब्युटी स्टुडियोका प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैद्य श्रेष्ठ र प्रभु बैंकका बागमती प्रदेश प्रमुख प्रचिता श्रेष्ठले समझदारीपत्र (MoU) मा हस्ताक्षर गरे। सो अवसरमा प्रभु बैंक कमलादी शाखाकी अधिकृत राधा गुरुङ र स्टुडियोका प्रबन्ध निर्देशक रविभक्त श्रेष्ठको समेत उपस्थिति थियो।

    सम्झौता अनुसार रुस्काज् ब्युटी स्टुडियोमा उपलब्ध निम्नलिखित सेवाहरूमा छुट प्राप्त हुनेछ।

    • हेयर कटिङ र थ्रेडिङ

    • फेसियल, स्किन ट्रिटमेन्ट तथा हेयर केमिकल

    • नेल आर्ट, मेनिक्योर, पेडिक्योर तथा वाक्सिङ

    • मेकअप तथा मेकअप प्याकेजहरू

    • ब्युटीसम्बन्धी तालिम तथा कक्षाहरू

    • कस्मेटिक तथा स्किन केयर उत्पादनहरू

    छुटको व्यवस्था :

    • बैंकका ग्राहकहरू : ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट

    • बैंकका कर्मचारीहरू : ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट

    यो छुट सुविधा लिनका लागि प्रभु बैंकका ग्राहकहरूले आफ्नो मान्य डेबिट कार्ड, क्रेडिट कार्ड वा डिजिटल बैंकिङ/विद्युतीय भुक्तानी माध्यम प्रयोग गर्नुपर्नेछ। यस्तै, बैंकका कर्मचारीहरूले छुट दाबी गर्न आफ्नो आधिकारिक परिचयपत्र पेस गर्नुपर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ