२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हालसम्म कुन वाणिज्य बैंकको कति लाभांश घोषणा गरे

images

  • २०८३ असोज १७, शनिबार
  • 331
    SHARES
  • हालसम्म कुन वाणिज्य बैंकको कति लाभांश घोषणा गरे

    काठमाडौं : गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरूको सङ्ख्या ८ पुगेको छ। सिद्धार्थ बैंक, कुमारी, सिटिजन्स बैंक , माछापुच्छ्रे बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक र एभरेष्ट बैंक रहेका छन्। 

    बैंकहरूले सार्वजनिक गरेको लाभांश विवरण र आगामी साधारण सभाको विवरण यस प्रकार छ:

    १. सिद्धार्थ बैंक लिमिटेड

    • कुल लाभांश : २० प्रतिशत

    • बोनस शेयर : १० प्रतिशत ( १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९ सय २० रुपैयाँ)

    • नगद लाभांश : १० प्रतिशत (करसहित,  १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९ सय २० रुपैयाँ)

    • साधारण सभा/स्थान : असोज २८ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँ (बिहान ९:०० बजे)

    • बुक क्लोज : सम्पन्न भइसकेको।

    २. नबिल बैंक लिमिटेड

    • कुल लाभांश : १५.८० प्रतिशत

    • बोनस शेयर : ५ प्रतिशत ( १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८ सय ३६ रुपैयाँ ४६)

    • नगद लाभांश : १०.८० प्रतिशत (करसहित, रु २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६ सय ४६.७६)

    • साधारण सभा/स्थान : असोज २२ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँ (बिहान ९:३० बजे)

    • बुक क्लोज : सम्पन्न भइसकेको।

    ३. एभरेष्ट बैंक लिमिटेड

    • कुल लाभांश : १५ प्रतिशत

    • चुक्तापुँजी : १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९ सय २४ रुपैयाँ)

    • बोनस शेयर : ५ प्रतिशत

    • नगद लाभांश : १० प्रतिशत (करसहित)

    • स्थिति : वार्षिक साधारण सभा सम्पन्न भइसकेको।

    ४. ग्लोबल आइएमई बैंक लिमिटेड

    • कुल लाभांश : १० प्रतिशत

    • बोनस शेयर : ४ प्रतिशत

    • नगद लाभांश : ६ प्रतिशत (करसहित)

    • स्थिति : वार्षिक साधारण सभा सम्पन्न भइसकेको।

    ५. सानिमा बैंक लिमिटेड

    • कुल लाभांश : १० प्रतिशत नगद लाभांश (करसहित)

    • चुक्तापुँजी : १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ

    • स्थिति : वार्षिक साधारण सभा सम्पन्न भइसकेको।

    ६. माछापुच्छ्रे बैंक लिमिटेड

    • कुल लाभांश : ६ प्रतिशत

    • बोनस शेयर : ३ प्रतिशत ( ३६ करोड २५ लाख ८६ हजार ३ सय ४७ रुपैयाँ)

    • नगद लाभांश : ३ प्रतिशत (करसहित, ३६ करोड २५ लाख ८६ हजार ३ सय ४७ रुपैयाँ)

    • साधारण सभा/स्थान : असोज २८ गते, होटल पोखरा ग्रान्ड, पार्दी, पोखरा (बिहान ११:०० बजे)

    • बुक क्लोज : सम्पन्न भइसकेको।

    ७. सिटिजन्स बैंक इन्टरनेसनल

    • कुल लाभांश : ४ प्रतिशत

    • बोनस शेयर : ३.८० प्रतिशत

    • नगद लाभांश : ०.२० प्रतिशत (कर प्रयोजनका लागि)

    • साधारण सभा/स्थान : असोज २८ गते, अमृतभोग, डिल्लीबजार, काठमाडौँ (बिहान ११:०० बजे)

    • बुक क्लोज : असोज १९ गते।

    ८. कुमारी बैंक लिमिटेड

    • कुल लाभांश : २.१०५३ प्रतिशत नगद लाभांश (करसहित, ५५ करोड २१ लाख २३ हजार ३ सय ९६ रुपैयाँ ६३ पैसा )

    • साधारण सभा/स्थान : असोज २८ गते, सिल्भर ओक ब्यांक्वेट, सुवर्ण शमशेर मार्ग, काठमाडौँ (बिहान ११:०० बजे)

    • बुक क्लोज : असोज १९ गते।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ