२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हालसम्म कुन हाइड्रोपावरको कति गरे लाभांश घोषणा

images

  • २०८३ असोज १७, शनिबार
  • 476
    SHARES
  • हालसम्म कुन हाइड्रोपावरको कति गरे लाभांश घोषणा

    काठमाडौं : गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गर्ने जलविद्युत् कम्पनीहरूको सङ्ख्या ९ पुगेको छ। कम्पनीहरूले सार्वजनिक गरेको विवरणअनुसार केही कम्पनीले बोनस शेयरसहित लाभांश घोषणा गरेका छन् भने केहीले नगद लाभांश मात्रै प्रस्ताव गरेका छन्।

    लाभांश घोषणा गर्नमा रिड्ज लाइन इनर्जी लिमिटेड, मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेड, सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड, युनाइटेड इदि–मार्दी एण्ड आर.बी. हाइड्रोपावर लिमिटेड, विकास हाइड्रोपावर कम्पनी लिमिटेड, मन्दु हाइड्रोपावर लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सुपर मादी हाइड्रोपावर लिमिटेड र स्नो रिभर्स लिमिटेड रहेका छन्।

    लाभांश घोषणा गर्न हाइड्रोपावरमध्ये २ वटाले आगामी साधारण सभाका लागि बुक क्लोज मिति तय भइसकेको छैन। लाभांश घोषणा गरेका जलविद्युत् कम्पनीहरूको विवरण र बुक क्लोजको अवस्था अनुसार विवरण यस प्रकार छ।

    १.  रिड्ज लाइन इनर्जी लिमिटेड (RLEL)

    कुल लाभांश : १०.५३ प्रतिशत
    नगद लाभांश : १०.५३ प्रतिशत
    बुक क्लोज : असोज २३ गते हुने।

    २. मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेड (MSHL)

    कुल लाभांश : १५.७८९ प्रतिशत
    बोनस शेयर : १५ प्रतिशत
    नगद लाभांश : ०.७८९ प्रतिशत
    बुक क्लोज : मिति सार्वजनिक हुन बाँकी।

    ३. सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड (TAMOR)

    कुल लाभांश : ५.२६३ प्रतिशत
    नगद लाभांश : ५.२६३ प्रतिशत
    बुक क्लोज : असोज १९ गते हुने।

    ४. युनाइटेड इदि–मार्दी एण्ड आर.बी. हाइड्रोपावर लिमिटेड (UMRH)

    कुल लाभांश : ५.२६३२ प्रतिशत
    बोनस शेयर : ५ प्रतिशत
    नगद लाभांश : ०.२६३२ प्रतिशत
    बुक क्लोज : मिति सार्वजनिक हुन बाँकी।

    ५.  विकास हाइड्रोपावर कम्पनी लिमिटेड (BHCL)

    कुल लाभांश : १०.५२६३ प्रतिशत
    बोनस शेयर : १० प्रतिशत
    नगद लाभांश : ०.५२६३ प्रतिशत
    बुक क्लोज : असोज १९ गते हुने।

    ६. मन्दु हाइड्रोपावर लिमिटेड (MANDU)

    कुल लाभांश : १२ प्रतिशत
    नगद लाभांश : १२ प्रतिशत
    बुक क्लोज : भदौ ५ गते सम्पन्न भइसकेको।

    ७.  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC)

    कुल लाभांश : ५.२६३ प्रतिशत
    बोनस शेयर : ५ प्रतिशत
    नगद लाभांश : ०.२६३ प्रतिशत
    बुक क्लोज : असोज २९ गते सम्पन्न भइसकेको।

    ८. सुपर मादी हाइड्रोपावर लिमिटेड (SMHL)

    कुल लाभांश : १५.७८९५ प्रतिशत
    बोनस शेयर : १५ प्रतिशत
    नगद लाभांश : ०.७८९५ प्रतिशत
    बुक क्लोज : असोज ८ गते सम्पन्न भइसकेको।

    ९. स्नो रिभर्स लिमिटेड (SNORL)

    कुल लाभांश : १०.५२६३ प्रतिशत
    बोनस शेयर : १० प्रतिशत
    नगद लाभांश : ०.५२६३ प्रतिशत
    बुक क्लोज : असोज २४ गते सम्पन्न भइसकेको।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ