२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कैफियत भेटिएपछि इमाडोलस्थित खाद्य सप्लायर्सलाई २ लाख जरिवाना, अन्य फर्मलाई निर्देशन

images

  • २०८३ असोज १७, शनिबार
  • 261
    SHARES
  • कैफियत भेटिएपछि इमाडोलस्थित खाद्य सप्लायर्सलाई २ लाख जरिवाना, अन्य फर्मलाई निर्देशन

    काठमाडौँ : बजारमा उपभोग्य वस्तुको गुणस्तर र मूल्य नियन्त्रणका लागि सक्रिय बनेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शनिबार उपत्यकाका विभिन्न फर्म तथा उद्योगहरूमा आकस्मिक अनुगमन गरेको छ। अनुगमनका क्रममा कैफियत भेटिएपछि इमाडोलस्थित एक व्यापारिक फर्मलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ भने अन्य फर्महरूलाई आवश्यक सुधारका लागि निर्देशन दिइएको छ।

    विभागको टोलीले ललितपुरको खुमलटार र इमाडोलका साथै काठमाडौँका विभिन्न क्षेत्रमा रहेका खाद्यान्न तथा अन्य व्यवसायिक प्रतिष्ठानहरूमा छापा मारेको थियो। ललितपुरको महालक्ष्मी नगरपालिका–२, इमाडोलस्थित 'राजेन्द्र खाद्य एण्ड सप्लायर्स' ले व्यवसाय सञ्चालनका क्रममा नियम पालना नगरेको भेटिएपछि विभागले उपभोक्ता संरक्षण कानुनबमोजिम तत्कालै दुई लाख रुपैयाँ जरिवाना तिराएको हो।

    यसैगरी, ललितपुरकै खुमलटारमा रहेको 'सोफिया स्टोर' लाई आफ्ना व्यावसायिक कागजातहरूसहित विभागमा उपस्थित हुन आदेश दिइएको छ। कागजात छानबिनपछि मात्रै उक्त स्टोरमाथि आवश्यक निर्णय लिइने विभागले जनाएको छ।

    अनुगमनकै क्रममा काठमाडौँको बौद्ध तिनचुली क्षेत्रमा रहेका सौगात खाद्यान्न स्टोर, चौधरी खाद्य स्टोर, किसान दाना उद्योग प्रालि र केक प्यालेस प्रालिलाई व्यवसाय सञ्चालनमा सुधार ल्याउन सामान्य निर्देशन दिइएको छ। यस्तै गोकर्णेश्वरको आरुबारीस्थित पूजा किराना तथा फलफूल पसल र इमाडोलको प्रदिप लिक्कयरलाई पनि नियम पालना गर्न सचेत गराइएको छ।

    उपभोक्ता संरक्षण ऐन, २०७५ र सोही नियमावली, २०७६ ले दिएको अधिकार प्रयोग गरी यो कदम चालिएको विभागको भनाइ छ। बजारमा कृत्रिम अभाव, कालोबजारी र अखाद्य वस्तुको बिक्री-वितरण रोक्दै स्वच्छ व्यावसायिक वातावरण निर्माणका लागि यस्ता अनुगमनलाई अझ तीव्र बनाइने विभागले स्पष्ट पारेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ