काठमाडौँ : नेपालमा आज सोमबार पनि सुनको मूल्य घटेको छ। लगातार दुई दिनमा सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेको छ जसमा हिजो आइतबार ३ हजार ३ सय र आज सोमबार ४ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ र चाँदी प्रतितोला ६० रुपैयाँले घटेको हो ।
यस्तै, महासंघका अनुसार आज सुन मूल्य प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ भने हिजो आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज सोमबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ४ सय ३० रुपैयाँ कायम भएको छ भने हिजो आइतबार चाँदी ४ हजार ३ सय ९० रुपैयाँमै कारोबार भएको थियो।